काठमाडौँ, साताको अन्तिम कारोबारतिर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य घटेको छ । बिहीबार नेप्से ६.३८ अंकले घटेर २ हजार ५७२.३४ विन्दुमा बन्द भएको हो ।
बजारमा गिरावट आए पनि कारोबार रकम भने उच्च देखिएको छ । दिनभर ३ अर्ब ७४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार हुँदा १ करोड ३ लाख कित्ता शेयर किनबेच भएको छ ।
नेप्सेका अनुसार कुल ३९ हजार ४६६ कारोबार मार्फत ३५९ वटा स्क्रिप्टको शेयर कारोबार भएको हो । आज अधिकांश कम्पनीको शेयर मूल्यमा दबाब देखियो । १६७ कम्पनीको मूल्य घट्दा १०० कम्पनीको बढेको छ भने १२ कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।
कारोबारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । कम्पनीको शेयर मूल्य ६.२५ प्रतिशतले बढेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।