काठमाडौं, नेपाली बजारमा सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्य भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर २ लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, १० ग्राम सुनको मूल्य सोमबार २ लाख ४९ हजार ९१५ रुपैयाँ कायम भएको छ। आइतबार यसको मूल्य २ लाख ५० हजार २६० रुपैयाँ थियो ।
यता चाँदीको मूल्य भने प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ४३० रुपैयाँ पुगेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार सोमबार १० ग्राम चाँदीको मूल्य ३ हजार ७९८ रुपैयाँ कायम भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।