काठमाडौँ, नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँ रहेको सुन सोमबार ५ हजार रुपैयाँले घटेको हो । १० ग्राम सुनको मूल्य पनि घटेर २ लाख ५२ हजार ३१५ रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १४५ रुपैयाँले घटेको छ । आइतबार ४ हजार ६५५ रुपैयाँ रहेको चाँदी सोमबार ४ हजार ५१० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
१० ग्राम चाँदीको मूल्य सोमबार ३ हजार ८६७ रुपैयाँ कायम भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।