बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आजको राशिफल : कुन राशिलाई धनलाभ, कसलाई यात्रामा सावधानी?

आजको राशिफल : कुन राशिलाई धनलाभ, कसलाई यात्रामा सावधानी?

मेगा खबर संवाददाता

१२, आश्विन २०८३
  • 454
    SHARES

  • आजको राशिफल : कुन राशिलाई धनलाभ, कसलाई यात्रामा सावधानी?

    मेष
    अध्ययन र काममा सफलता मिल्नेछ। व्यवसाय फस्टाउनुका साथै आम्दानी बढ्ने योग छ। परिवारसँग रमाइलो समय बित्नेछ। बैंक तथा वित्तीय क्षेत्रको लगानीबाट लाभ मिल्न सक्छ। बिहान यात्रा गर्दा सावधानी अपनाउनुहोस्।

    वृष
    काम गर्दा विशेष सावधानी अपनाउनुहोला। दण्ड तथा जरिवानाको योग छ। स्वास्थ्यमा समस्या आउन सक्छ। लामो दूरीको यात्रा हुने सम्भावना छ। विदेशसम्बन्धी व्यापार र कामबाट लाभ मिल्नेछ।

    मिथुन
    विशिष्ट व्यक्तिसँगको भेटले व्यवसायमा नयाँ अवसर मिल्नेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। प्रेम सम्बन्धमा सफलता मिल्ने तथा विवाहका लागि पारिवारिक सहमति जुट्ने योग छ।

    कर्कट
    इच्छाशक्ति र उत्साह बढ्नेछ। मेहनत गरेका काम पूरा हुनेछन्। साथीभाइ तथा आफन्तको सहयोग पाइनेछ। मान–सम्मान बढ्नुका साथै प्रेम र पारिवारिक सम्बन्ध थप सुमधुर बन्नेछ।

    सिंह
    बिहानको समय केही चुनौतीपूर्ण रहन सक्छ। स्वास्थ्यमा समस्या आउनसक्ने भएकाले ध्यान दिनुहोस्। गोप्य कुरा बाहिरिँदा प्रतिष्ठामा असर पर्न सक्छ। मध्यान्हपछि पारिवारिक भेटघाट र धार्मिक यात्राको योग छ।

    कन्या
    अप्रत्याशित धन–सम्पत्ति प्राप्तिको योग छ। आफन्तको सहयोगमा महत्वपूर्ण काम बन्नेछ। प्रेम तथा व्यापारका लागि दिन राम्रो छ। लेखन तथा साहित्यका अधुरा काम पूरा गर्न सकिनेछ।

    तुला
    तार्किक क्षमता र बोलीको प्रभाव बढ्नेछ। व्यापारबाट लाभ मिल्नेछ भने रमाइलो यात्राको अवसर जुर्न सक्छ। प्रेम सम्बन्ध नजिकिनेछ। अध्ययनमा पनि सफलता हात पर्नेछ।

    वृश्चिक
    प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्ने योग छ। व्यापार विस्तारसँगै आम्दानीका स्रोत बढ्नेछन्। प्रेममा सफलता मिल्नेछ। पुराना ऋण तथा समस्याबाट राहत मिल्ने समय छ।

    धनु
    धन, सम्पत्ति तथा उपहार आकस्मिक रूपमा प्राप्त हुन सक्छ। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ। सन्तानबाट सहयोग र खुसी मिल्नेछ। अध्ययनमा उत्कृष्ट नतिजा प्राप्त हुने योग छ।

    मकर
    आफन्तको सहयोगमा उपलब्धिमूलक काम बन्नेछ। पारिवारिक सम्बन्ध बलियो हुनेछ। घरजग्गा तथा सवारीसाधनको कारोबारबाट लाभ मिल्न सक्छ। सामाजिक कामबाट प्रतिष्ठा बढ्नेछ।

    कुम्भ
    नयाँ कामबाट आम्दानी बढाउन सकिनेछ। साथीभाइको सहयोग मिल्नेछ। रोकिएका काम पुनः सुरु हुनेछन्। विवाद तथा प्रतिस्पर्धामा सफलता मिल्नेछ। परिवारका इच्छा पूरा गर्न सकिनेछ।

    मीन
    खाद्यान्न, होटल तथा रेस्टुरेन्ट व्यवसायबाट लाभ मिल्नेछ। निर्माण सामग्री, गरगहना र औषधिजन्य व्यापारमा वृद्धि हुनेछ। प्रेम, मनोरञ्जन र पारिवारिक यात्राका लागि दिन राम्रो छ। नयाँ काम तथा पदोन्नतिको योग छ। यात्रा गर्दा सावधानी अपनाउनुहोस्।

    तपाईंको दिन शुभ रहोस्।

    सोमवार, आश्विन १२ २०८३०७:०६:२०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार