बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आजको राशिफल : कुन राशिलाई आर्थिक लाभ, कसको प्रेममा बढ्नेछ आत्मीयता?

आजको राशिफल : कुन राशिलाई आर्थिक लाभ, कसको प्रेममा बढ्नेछ आत्मीयता?

मेगा खबर संवाददाता

७, आश्विन २०८३
  • 475
    SHARES

  • आजको राशिफल : कुन राशिलाई आर्थिक लाभ, कसको प्रेममा बढ्नेछ आत्मीयता?

    मेष: व्यापार, उद्योग तथा शेयर बजारबाट राम्रो आम्दानी हुने योग छ। कृषि तथा पशुपालन व्यवसायमा प्रगति हुनेछ भने नोकरीमा सफलता तथा बढुवाको सम्भावना छ। भूमि, वाहन तथा पैतृक सम्पत्तिबाट लाभ मिल्न सक्छ। आफ्नै मेहनतबाट जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। अध्ययनमा पनि सफलता मिल्नेछ।

    वृष: सामाजिक तथा परोपकारी काममा रुचि बढ्नेछ। धार्मिक तथा शैक्षिक यात्राको अवसर मिल्न सक्छ। व्यापार तथा शेयर बजारमा गरिएको लगानीबाट भविष्यमा लाभ मिल्ने योग छ। खोज तथा अनुसन्धानमा सफलता मिल्नेछ। विशिष्ट व्यक्तिसँग भेटघाट तथा सम्मान प्राप्त हुनेछ। प्रेमी जोडीका लागि रमाइलो यात्रा बन्न सक्छ।

    मिथुन: आफन्त तथा परिवारका सदस्यसँग मतभेद हुन सक्छ। प्रेम सम्बन्धमा अविश्वास बढ्ने सम्भावना छ। पढाइमा मन नजाँदा पछि पर्न सकिन्छ। यात्रा तथा सवारीमा सावधानी अपनाउनुहोला। यद्यपि व्यापार वा शेयर बजारमा गरिएको लगानी भविष्यमा आम्दानीको स्रोत बन्न सक्छ। महत्त्वाकाङ्क्षी योजना पूरा गर्न भने मेहनत गर्नुपर्नेछ।

    कर्कट: अध्ययन–अध्यापनमा सफलता मिल्नेछ। पुरस्कार तथा प्रशंसा प्राप्त गर्ने अवसर आउन सक्छ। स्वास्थ्य अनुकूल रहनेछ भने नयाँ काम गर्ने उत्साह बढ्नेछ। व्यापार तथा शेयर बजारबाट लाभ मिल्नेछ। दाम्पत्य जीवनमा आपसी सहयोग बढ्नेछ। प्रेम सम्बन्धमा खुसीको वातावरण बन्नेछ। सामाजिक कामबाट प्रतिष्ठा बढ्ने योग छ।

    सिंह: अध्ययन तथा प्रतिस्पर्धामा सफलता हात पार्न सकिनेछ। व्यापार तथा शेयर बजारबाट राम्रो आम्दानी हुनेछ। पुराना ऋण तथा समस्याबाट राहत मिल्नेछ। आफन्त तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ। यात्रा, मनोरञ्जन तथा खानपानमा समय बित्नेछ।

    कन्या: बौद्धिक तथा प्राविधिक ज्ञानको प्रयोगबाट आम्दानी बढाउन सकिनेछ। वित्तीय क्षेत्र तथा शेयर बजारमा लगानीबाट लाभ मिल्ने योग छ। भौतिक सामग्री तथा विलासी सामान प्राप्त हुन सक्छ। अध्ययनमा प्रगति हुनेछ। प्रेम सम्बन्धमा निकटता बढ्ने तथा प्रेम प्रस्ताव आउने सम्भावना छ। सन्तान तथा आफन्तको सहयोग मिल्नेछ।

    तुला: सामान्य स्वास्थ्य समस्याले अध्ययनमा बाधा पार्न सक्छ। यात्रा तथा सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनुहोला। आफन्त तथा इष्टमित्रसँग मतभेद हुन सक्छ। यद्यपि सामाजिक क्षेत्रमा गरेका कामबाट नाम कमाउन सकिनेछ। शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट अपेक्षित प्रतिफल मिल्न सक्छ। काम वा अध्ययनका लागि लामो दूरीको यात्रा हुने योग छ।

    वृश्चिक: आम्दानीका विभिन्न स्रोत जुट्नेछन्। भविष्यमा लाभ दिने व्यवसायमा लगानी बढाउन सकिनेछ। परिवारसँग रमाइलो समय बित्नेछ। सुरु गरेका कामको दाजुभाइ तथा छिमेकीबाट प्रशंसा हुनेछ। व्यापार तथा शेयर बजारबाट लाभ मिल्नेछ। विवादित विषयमा आफ्नो पक्ष बलियो बन्नेछ।

    धनु: शेयर बजार तथा व्यापारबाट राम्रो नाफा कमाउन सकिनेछ। साहित्य तथा कलाकारिता क्षेत्रमा लागेकाहरूका लागि आम्दानीको अवसर बढ्नेछ। बोल्ने सीपमा आधारित पेसा–व्यवसाय फस्टाउनेछ। काउन्सेलिङ तथा मोटिभेसनजस्ता क्षेत्रमा प्रशंसा मिल्न सक्छ। आफन्त तथा नजिकका व्यक्तिसँग भेटघाट हुनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ।

    मकर: पढाइमा राम्रो प्रगति गर्दै सफलताको बाटोमा अघि बढ्न सकिनेछ। व्यापार तथा शेयर बजारबाट लाभ मिल्नेछ। घरपरिवारमा सुखद समाचारले उत्साह बढाउनेछ। नयाँ आम्दानीका स्रोत पहिल्याउन सकिनेछ। नयाँ प्रकृतिको कामबाट आयस्रोत बढ्न सक्छ। भौतिक सामग्री तथा सवारी साधन प्राप्तिको योग छ। कलाकारिता तथा संगीत क्षेत्रमा लागेकाहरूका लागि पनि लाभदायक दिन रहनेछ।

    कुम्भ: कल्पना तथा भावनामा बढी बहकिँदा काममा ध्यान नजान सक्छ। परिवार तथा आफन्तबाट गलत आरोप लाग्न सक्ने भएकाले सावधानी अपनाउनुहोला। पढाइमा मन नजाने तथा प्रेम सम्बन्धमा धोका वा जीवनसाथीसँग मनमुटावको सम्भावना छ। तर लामो दूरीको यात्रा हुन सक्छ। विदेशमा काम गर्नेहरूका लागि समय अनुकूल रहनेछ। वित्तीय बजारमा गरिएको लगानीबाट लाभ मिल्न सक्छ।

    मीन: कामका क्रममा विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ। आफन्त, परिवार तथा साथीभाइको सहयोग मिल्नेछ। प्राकृतिक स्रोतसाधनको उपयोगबाट राम्रो आम्दानी गर्न सकिनेछ। व्यापार वा शेयर बजारमा सानो लगानीबाट पनि अपेक्षित आम्दानी मिल्न सक्छ। प्रेमी जोडीका लागि समय अनुकूल छ। अध्ययन तथा काममा प्रविधिको प्रयोगबाट लाभ लिन सकिनेछ।

    तपाईंको दिन शुभ रहोस्।

    बुधवार, आश्विन ७ २०८३०७:०८:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार