काठमाडौं, साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ११.७७ अंकले बढेर २ हजार ६२९ अंकमा पुगेको छ । बजार बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।
बिहीबार कुल ५ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन ६ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबारमा आएका कम्पनीमध्ये १७६ वटाको सेयर मूल्य बढेको, ९५ वटाको घटेको र ७ वटाको मूल्य स्थिर रहेको छ ।समूहतर्फ उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.८३ प्रतिशतले बढेको छ । नेपाल ल्युब आयल, सोनापुर मिनरल्स, घोराही सिमेन्ट र पाल्पा सिमेन्टको मूल्य बढेपछि यो समूहमा आकर्षण देखिएको हो ।
निर्जीवन बीमा समूहबाहेक अन्य सबै समूहगत सूचक बढेका छन् । निर्जीवन बीमा ०.३३ प्रतिशत घट्दा बैंकिङ ०.४६, विकास बैंक ०.०१, फाइनान्स ०.१०, होटल तथा पर्यटन ०.१३, जलविद्युत् ०.१३, लगानी ०.०८, जीवन बीमा ०.७०, माइक्रोफाइनान्स ०।६१, अन्य ०.०४ र व्यापार समूह ०।९७ प्रतिशतले बढेका छन् ।
कम्पनीतर्फ नेपाल ल्युब आयल १२.४७ प्रतिशत, सोनापुर मिनरल्स ७.६५ प्रतिशत, घोराही सिमेन्ट ७.०७ प्रतिशत र सीवाईसी लघुवित्त ६.४७ प्रतिशतले बढेका छन् । त्यस्तै उन्नति सहकार्य लघुवित्त ४.६७, पाल्पा सिमेन्ट ३.६० र त्रिशूली जलविद्युत् ३.०४ प्रतिशतले बढे ।
उता मिड सोलु हाइड्रोपावर ११.५८ प्रतिशत र धौलागिरि लघुवित्त १०.९८ प्रतिशतले घट्दा हाथवे इन्भेस्टमेन्टको मूल्य ३.४३ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, सानिमा मिडिल तमोर, रिलायन्स स्पिनिङ मिल्स, सोनापुर सिमेन्ट, नबिल बैंक प्रमोटर र लक्ष्मी सनराइज बैंक अगाडि रहे ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।