मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

  • TRENDING NOW :

बजारमा आयो नयाँ १ हजारको नोट, यस्ता छन् नयाँ विशेषता

बजारमा आयो नयाँ १ हजारको नोट, यस्ता छन् नयाँ विशेषता

मेगा खबर संवाददाता

८, आश्विन २०८३
  • 343
    SHARES

  • बजारमा आयो नयाँ १ हजारको नोट, यस्ता छन् नयाँ विशेषता

    काठमाडौँ, नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन र सुरक्षण विशेषतासहितको १ हजार रुपैयाँ दरको नोट आजदेखि चलनचल्तीमा ल्याएको छ । ‘सिरिज २०२५’ को यो नोटमा रंग परिवर्तनसँगै नयाँ सुरक्षण प्रविधि र विशेष चित्रहरू समेटिएका छन् ।

    राष्ट्र बैंकका अनुसार नयाँ नोट साविककै आकारमा भए पनि यसको रंग संयोजन परिवर्तन गरिएको छ। नोटमा बैजनी घेराभित्र फिक्का हरियो रंग प्रयोग गरिएको छ ।

    नोटको अग्रभागमा सगरमाथाको चित्र, लालीगुराँसको पानीछाप र ‘१०००’ अंकित पानीछाप राखिएको छ। दृष्टिविहीन व्यक्तिले स्पर्शबाट नोट पहिचान गर्न सक्ने गरी रोमन अक्षर ‘एम’ तथा तेर्सा रेखासमेत राखिएको छ ।

    त्यस्तै, सीधा हेर्दा सुनौलो र ढल्काउँदा हरियो देखिने भगवतीको चित्र तथा सीधा हेर्दा रातो र ढल्काउँदा हरियो देखिने चलायमान सुरक्षण धागो राखिएको छ । नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ ।

    नोटको पृष्ठभागमा चितवनस्थित सरकारी हात्तीसारमा देवकली नामक हात्तीबाट जन्मिएका दुर्लभ मानिने जुम्ल्याहा हात्ती राम र लक्ष्मणको चित्र राखिएको छ । सात प्रदेशलाई जनाउने गरी सातवटा लालीगुराँस तथा हनुमानढोकास्थित ल्होँचोकको ऐतिहासिक थामको आकृतिसमेत समेटिएको छ ।

    राष्ट्र बैंकका अनुसार नयाँ नोटको संकेत नम्बर ९२०००००१ बाट सुरु भएको छ । यसअघि चलनचल्तीमा रहेको ‘सिरिज २०१९’ को १ हजार रुपैयाँको नोट भने यथावत् चलनचल्तीमा रहनेछ ।

    बिहिवार, आश्विन ८ २०८३०८:२०:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार