काठमाडौं, साताको कारोबारको तेस्रो दिन बुधबार सेयर बजारमा उच्च गिरावट आएको छ। बजार परिसूचक नेप्से ३६।२५ अंकले घटेर २ हजार ६१८ अंकमा झरेको छ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। मंगलबार ७ अर्ब ४ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ६ अर्ब ३५ करोड रुपैयाँमा सीमित भएको छ।
बुधबार सबै समूहका सूचक राताम्य रहे। जीवन बीमा समूह सबैभन्दा धेरै २.०४ प्रतिशत घट्दा बैंकिङ १.२२, विकास बैंक १।३६, फाइनान्स १।०९, होटल तथा पर्यटन ०.९८, जलविद्युत् १.६६ र लगानी समूह १.४९ प्रतिशत घटेको छ।
त्यस्तै उत्पादन तथा प्रशोधन ०.४५, माइक्रोफाइनान्स १.३१, निर्जीवन बीमा १.३२, अन्य १.६५ र व्यापार समूह १.२६ प्रतिशतले घटेका छन्।
आज २३ कम्पनीको सेयर मूल्य बढ्दा २५३ कम्पनीको घटेको छ। दुई कम्पनीको मूल्य भने स्थिर रह्यो।
बढ्ने कम्पनीतर्फ धौलागिरि लघुवित्तको सेयर मूल्य १५ प्रतिशतले उकालो लागेको छ। सीवाईसी लघुवित्त ५.४४, विकास हाइड्रोपावर ३.५४, बोटलर्स नेपाल बालाजु ३ र मिडसोलु हाइड्रोपावर २.६४ प्रतिशतले बढेका छन्।
घट्नेमा फर्स्ट माइक्रोफाइनान्स ८.५४, माउन्ट एभरेस्ट पावर ५.७२, इङवा हाइड्रोपावर ५.२२ र पियोर इनर्जी ४.७९ प्रतिशतले अगाडि रहे।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, हिमालयन डिस्टिलरी, लक्ष्मी सनराइज बैंक, आँखुखोला जलविद्युत् र घलेम्दी हाइड्रोपावर अगाडि रहे।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।