बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सेयर बजारमा ३६ अंकको पहिरो, १३ वटै समूह राताम्मे

सेयर बजारमा ३६ अंकको पहिरो, १३ वटै समूह राताम्मे

मेगा खबर संवाददाता

१०, भाद्र २०८३
  • 787
    SHARES

  • सेयर बजारमा ३६ अंकको पहिरो, १३ वटै समूह राताम्मे

    काठमाडौं, साताको कारोबारको चौथो दिन सेयर बजारमा भारी गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ३५ दशमलव ९२ अंकले घटेर २ हजार ५ सय ५८ दशमलव ३५ विन्दुमा झरेको छ ।

    मंगलबार ५ दशमलव ३० अंकले घटेको बजारमा आज भने गिरावट थप गहिरिएको हो । नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । मंगलबार ४ अर्ब १० करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ४ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

    बुधबार ३४८ वटा स्क्रिप्सका १ करोड ३५ लाख ८२ हजार ३२० कित्ता सेयर ४ अर्ब ७७ करोड ३८ लाख ५७ हजार ६५७ रुपैयाँमा खरिदबिक्री भएका छन् ।

    कारोबारमा आएका २७८ स्टक्समध्ये २५२ वटाको मूल्य घट्दा २३ वटाको मात्रै मूल्य बढेको छ । ३ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो ।

    बजारमा आएको तीव्र गिरावटसँगै १३ वटै समूहका उपसूचक राताम्मे भएका छन् ।

    आज सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा रसुवागढी हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा चिलिमे हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। कम्पनीको करिब २० करोड रुपैयाँको सेयर कारोबार भएको छ । सानिमा मिडल तमोर हाइड्रोपावरको १९ करोड, साहस ऊर्जाको १६ करोड, सोलु हाइड्रोपावरको १५ करोड र रिडी पावरको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

    बुधवार, भाद्र १० २०८३०४:४८:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार