बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

शिक्षकदेखि ईसीडी सहजकर्तासम्मको तलब बढ्यो, कसको कति पुग्यो ?

शिक्षकदेखि ईसीडी सहजकर्तासम्मको तलब बढ्यो, कसको कति पुग्यो ?

मेगा खबर संवाददाता

३, भाद्र २०८३
  • 685
    SHARES

  • शिक्षकदेखि ईसीडी सहजकर्तासम्मको तलब बढ्यो, कसको कति पुग्यो ?

    काठमाडौं, सरकारले संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकदेखि प्रारम्भिक बालविकास (ईसीडी) सहजकर्ता र विद्यालय कर्मचारीसम्मको पारिश्रमिक बढाउने निर्णय गरेको छ ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले माध्यमिक तह (कक्षा ९–१०) र आधारभूत तह (कक्षा ६–८) मा अनुदान कोटामा कार्यरत शिक्षकको पारिश्रमिक साविकभन्दा बढाएर सम्बन्धित तहको तृतीय श्रेणी शिक्षकसरह कायम गर्ने निर्णय गरेको हो ।

    सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार माध्यमिक तहका अनुदान कोटाका शिक्षकको पारिश्रमिक अब माध्यमिक तृतीय श्रेणी शिक्षकसरह हुनेछ । आधारभूत तहका शिक्षकको पारिश्रमिक भने निम्न माध्यमिक तृतीय श्रेणीसरह कायम गरिएको छ ।

    नयाँ निर्णयसँगै माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक ४३ हजार ६६९ रुपैयाँबाट बढेर ४८ हजार ५८ रुपैयाँ पुगेको छ । त्यस्तै,आधारभूत तहका शिक्षकको पारिश्रमिक ३४ हजार ७३० रुपैयाँबाट बढेर ३८ हजार २०३ रुपैयाँ कायम भएको छ ।

    ईसीडी र विद्यालय कर्मचारीको पारिश्रमिक पनि बढ्यो

    सरकारले प्रारम्भिक बालविकास (ईसीडी) सहजकर्ता, विद्यालय सहयोगी र लेखा हेर्ने विद्यालय कर्मचारीको पारिश्रमिकमा पनि मासिक ५ हजार रुपैयाँ थप गरेको छ ।

    नयाँ दरअनुसार:

    ईसीडी सहजकर्ता: १२ हजारबाट १७ हजार रुपैयाँ
    विद्यालय सहयोगी: १० हजारबाट १५ हजार रुपैयाँ
    विद्यालय कर्मचारी (लेखा): १५ हजारबाट २० हजार रुपैयाँ

    मन्त्रिपरिषद्को यो निर्णयसँगै अनुदान कोटामा कार्यरत शिक्षक तथा विद्यालयमा सहयोगी भूमिकामा रहेका कर्मचारीको पारिश्रमिकमा उल्लेख्य वृद्धि भएको छ ।

    बुधवार, भाद्र ३ २०८३०६:१४:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार