काठमाडौं, साउन महिनामा नेपालमा खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री ह्वात्तै बढेको छ । नेपाल आयल निगमका अनुसार साउनमा मात्रै ४० लाख ३६ हजार ३ सय ६४ सिलिन्डर बराबरको ग्यास आयात तथा बिक्री भएको छ ।
निगमले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा ५७ हजार ३ सय १६ टन ग्यास आयात तथा बिक्री भएको हो । यो अघिल्लो महिना असारको तुलनामा करिब ९ लाख सिलिन्डर बढी हो । असारमा ३१ लाख ३६ हजार ९ सय ३७ सिलिन्डर बराबर ग्यास आयात तथा बिक्री भएको थियो । साउनमा माग बढेसँगै ग्यासको बिक्रीसमेत उल्लेख्य रूपमा बढेको निगमको तथ्यांकले देखाएको छ ।
यसअघि चैत २०८२ मा २७ लाख ३२ हजार ३ सय ५५ सिलिन्डर बराबर ग्यास आयात तथा बिक्री भएको थियो । वैशाखमा यो घटेर २२ लाख ५७ हजार ४ सय ९६ र जेठमा २३ लाख १२ हजार ८ सय ३७ सिलिन्डरमा सीमित भएको थियो ।
त्यसपछि भने ग्यासको माग निरन्तर बढ्दै गएको देखिन्छ । साउनमा आइपुग्दा बिक्री ४० लाखभन्दा माथि पुगेको हो ।
निगमले आगामी दिनमा ग्यासको आयात अझै बढ्ने जनाएको छ । त्यसैले उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।