काठमाडौँ, साताको कारोबारको एक दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.३४ अंकले घटेको छ । आज नेप्से २६२२.४८ विन्दुमा झरेर बन्द भएको हो ।
बजार खुलेदेखि नै उतारचढाव देखिए पनि अन्तिम समयमा बिक्री चाप बढ्दा नेप्से ओरालो लागेको हो । कारोबारका क्रममा परिसूचक २६५० विन्दुको आसपास पुग्ने प्रयास गरे पनि टिक्न सकेन ।
आज ३४७ कम्पनीका १ करोड ५१ लाख कित्ता सेयर ५५ हजार २४६ पटक किनबेच भएका छन् । कुल ५ अर्ब ७ करोड ३५ लाख १८ हजार ६६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बजार घट्दा अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज २१८ कम्पनीको मूल्य घट्दा ५६ कम्पनीको मूल्य बढेको छ भने ५ कम्पनीको मूल्य स्थिर रह्यो ।
समूहतर्फ उत्पादनमूलक समूहको परिसूचक सर्वाधिक १.४० प्रतिशतले घटेको छ । अन्य समूहमा भने एक प्रतिशतभन्दा कम उतारचढाव देखिएको छ ।
बजार समग्रमा घटे पनि केही कम्पनीको सेयर मूल्यमा भने उल्लेख्य वृद्धि भएको छ । सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १४.९९ प्रतिशत र माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको १४.९८ प्रतिशतले बढेको छ ।
यता सगरमाथा जलविद्युत कम्पनीको सेयर मूल्य सर्वाधिक १०.६३ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा कृषि विकास बैंकको ऋणपत्र शीर्ष स्थानमा रह्यो । उक्त ऋणपत्रको ५० करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै सोलु हाइड्रोपावरको ३९ करोड १४ लाख र खानीखोला हाइड्रोपावरको २५ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।