काठमाडौँ, दूध किसानले अब दूध बिक्री गरेको २५ दिनभित्रै भुक्तानी पाउने भएका छन् । कृषि तथा वन पर्यावरणमन्त्री गीता चौधरीले भदौको अन्तिम सातादेखि किसानको भुक्तानी अवधि २५ दिनमा झार्ने तयारी भइरहेको जानकारी दिएकी छन् ।
मङ्गलबार प्रतिनिधि सभा बैठकमा सांसद निष्कल राईले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले विगतमा ८ महिनासम्म भुक्तानी नपाउने अवस्था रहेकामा अहिले त्यसलाई ३ महिनामा झारिएको दाबी गरिन् ।
उनका अनुसार पछिल्लो ३ महिनामा किसानलाई ६० करोड रुपैयाँ भुक्तानी गरिएको छ । भदौ १ गतेसम्म २३६ वटा सहकारी संस्थालाई ३५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उनले बताइन् ।
हाल दुग्ध विकास संस्थान (डीडीसी)सँग १५० मेट्रिकटन दूध पाउडर र १२० मेट्रिकटन नौनी मौज्दात रहेको छ । खाडी मुलुक र चीनमा घ्यु निर्यातका लागि समेत तयारी भइरहेको मन्त्री चौधरीले जानकारी दिइन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।