बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सिंहदरबारमै सुपथ मूल्यको बिक्री कक्ष, देशभर १९३ ठाउँमा पसल खुल्दै

सिंहदरबारमै सुपथ मूल्यको बिक्री कक्ष, देशभर १९३ ठाउँमा पसल खुल्दै

मेगा खबर संवाददाता

२७, श्रावण २०८३
  • 586
    SHARES

  • सिंहदरबारमै सुपथ मूल्यको बिक्री कक्ष, देशभर १९३ ठाउँमा पसल खुल्दै

    काठमाडौँ, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिंहदरबार परिसरमै आफ्ना उत्पादन बिक्री गर्ने भएको छ । कम्पनीको सातौँ वार्षिकोत्सवको अवसर पारेर बिहीबारदेखि सिंहदरबारमा बिक्री कक्ष सञ्चालनमा ल्याउन लागिएको हो ।

    बिक्री कक्षको उद्घाटन बिहीबार उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले गर्ने कार्यक्रम छ । कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार सिंहदरबारभित्र सञ्चालन हुने बिक्री कक्षबाट उपभोक्ताले कम्पनीका खाद्यान्न तथा अन्य उत्पादन सर्वसुलभ मूल्यमा खरिद गर्न सक्नेछन् ।

    कम्पनीले चामल,दाल,तेल,चिनी र नुनसँगै स्थानीय उत्पादन चिनो,कागुनो,फापर,सिमीलगायत खाद्यवस्तु बिक्री गर्दै आएको छ ।

    बिहीबारदेखि देशभर सुपथ मूल्य पसल

    यसैबीच,कम्पनीले बिहीबारदेखि देशभर सुपथ मूल्य पसल पनि सञ्चालन गर्ने भएको छ । ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन हुने सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तु खरिद गर्दा प्रतिकिलो तथा प्रतिलिटर ५ रुपैयाँ छुट पाउनेछन् ।

    कम्पनीले सुपथ मूल्य पसलमार्फत उपभोक्तालाई दैनिक आवश्यक खाद्यवस्तु सहज र तुलनात्मक रूपमा सस्तो मूल्यमा उपलब्ध गराउने जनाएको छ ।

    बुधवार, श्रावण २७ २०८३०४:५३:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार