बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेप्से झिनो अंकले बढ्यो, ३ अर्ब ५३ करोडको कारोबार

नेप्से झिनो अंकले बढ्यो, ३ अर्ब ५३ करोडको कारोबार

मेगा खबर संवाददाता

२७, श्रावण २०८३
  • 328
    SHARES

  • नेप्से झिनो अंकले बढ्यो, ३ अर्ब ५३ करोडको कारोबार

    काठमाडौं : सेयर कारोबार साताको तेस्रो दिन नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको छ । नेप्से परिसूचक ०.५५ अंकले बढेर २६४२.४० विन्दुमा अडिएको छ । अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ०.७९ अंकले वृद्धि भएको थियो । सो दिन ४ अर्ब ११ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो ।

    यसदिन ३४८ वटा स्क्रिप्सको ८७ लाख १ हजार ९४४ कित्ता सेयर ३ अर्ब ५३ करोड २१ लाख ५ हजार ५१८ रुपैयाँमा खरिदबिक्री भए ।

    कारोबारमा आएकामध्ये १०२ स्टक्सको मूल्य बढ्दा १६५ वटाको घट्यो । ९ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो । यसदिन माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।

    १२ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३ को सेयर १५ प्रतिशतले घट्दा अपर लोहोरे खोला हाइड्रोपावरको १४.९८ प्रतिशतले घट्यो ।

    कारोबार रकमका आधारमा एनआरएन शीर्षस्थानमा रह्यो । उक्त कम्पनीको ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो। सेन्ट्रल फाइनान्स र सोलु हाइड्रोपावरको २०२० करोड रुपैयाँको कारोबार हुँदा कालिञ्चोक हाइड्रोपावर र नगदी ग्रुप पावरको १०१० करोड रुपैयाँको कारोबार भयो ।

    यसदिन पाँचवटा समूहको उपसूचक सकारात्मक देखिए। बैंकिङ,फाइनान्स, होटल्स एन्ड टुरिजम,इन्भेष्टमेन्ट र म्युचुअल फन्डबाहेक बाँकी समूहको उपसूचक नकारात्मक देखिए ।

    बुधवार, श्रावण २७ २०८३०४:२७:२७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार