बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

मेगा खबर संवाददाता

२४, श्रावण २०८३
  • 508
    SHARES

  • ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    काठमाडौं, खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको गुनासो बढेपछि काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपो तथा बिक्री केन्द्रमा सादा पोसाकका प्रहरी परिचालन गरिने भएको छ ।

    भारतबाट ग्यास आयातमा समस्या नरहेको अवस्थामा बजारमा अभाव देखिन थालेपछि उपभोक्ताबाट उद्योग मन्त्रालयमा लगातार गुनासो आउन थालेको थियो । ग्यास सहज रूपमा उपलब्ध नभएको र कतिपय स्थानमा महँगो मूल्यमा बिक्री भइरहेको सूचनापछि उद्योगमन्त्री गौरी यादवले विषयमा चासो लिएकी हुन् ।

    आपूर्ति सहज हुँदाहुँदै कृत्रिम अभाव सिर्जना गर्ने,ग्यास लुकाएर राख्ने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न मन्त्री यादवले गृहमन्त्री सुदन गुरुङसँग प्रहरीको सहयोग मागेकी थिइन् ।

    मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई ग्यास डिपो तथा बिक्री केन्द्रमा निगरानी बढाउन निर्देशन दिएका छन् । आवश्यकता अनुसार सादा पोसाकका प्रहरी परिचालन गरी ग्यासको आपूर्ति,बिक्री वितरण र मूल्यको अवस्थाबारे निगरानी गरिने भएको छ ।

    अनुगमनका क्रममा कृत्रिम अभाव सिर्जना गर्ने वा उपभोक्तालाई तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री गर्ने गरेको पाइएमा सम्बन्धित व्यवसायीमाथि प्रचलित कानुन अनुसार कारबाही गरिने जनाइएको छ ।

    आइतवार, श्रावण २४ २०८३०९:२६:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार