बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

ग्यास लुकाए कडा कारबाही, कालोबजारी नियन्त्रणमा सरकारको चेतावनी

ग्यास लुकाए कडा कारबाही, कालोबजारी नियन्त्रणमा सरकारको चेतावनी

मेगा खबर संवाददाता

२२, श्रावण २०८३
  • 301
    SHARES

  • ग्यास लुकाए कडा कारबाही, कालोबजारी नियन्त्रणमा सरकारको चेतावनी

    काठमाडौं, सरकारले एलपी ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने विक्रेता र डिपोमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना जारी गर्दै ग्यासमा कालोबजारी वा गैरकानुनी कारोबार गरेको पाइए प्रचलित कानुन अनुसार हदैसम्मको कारबाही हुने जनाएको हो ।

    पछिल्लो समय सहज रूपमा ग्यास नपाएको तथा बढी मूल्य तिर्नुपरेको उपभोक्ताको गुनासो बढेपछि विभागले बजार अनुगमन तीव्र बनाएको जनाएको छ । ग्यास लुकाएर आफू निकटका व्यक्ति, होटल तथा व्यवसायीलाई मात्र बिक्री गर्ने गरेको उजुरीसमेत विभागमा परेको छ ।

    विभागले ग्यासजस्तो अत्यावश्यक वस्तु तोकिएको मूल्यमा सहज रूपमा उपलब्ध गराउनु विक्रेताको दायित्व र उपभोक्ताको अधिकार भएको जनाएको छ ।

    कानुनविपरीत ग्यास बिक्री वा कालोबजारी भएको थाहा पाएमा नजिकको प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय वा विभागको टोल फ्री नम्बर ११३७ मा उजुरी गर्न सकिनेछ ।

    विभागका अनुसार बजारमा ७.१ किलोको सट्टा १४.२ किलोको ग्यास वितरण हुन थालेपछि केही समय वितरण प्रणालीमा समेत असहजता देखिएको छ ।

    शुक्रवार, श्रावण २२ २०८३०२:३२:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार