बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुन–चाँदीको मूल्यमा उच्च वृद्धि, तोलामै ४ हजार २०० रुपैयाँले बढ्यो सुन

सुन–चाँदीको मूल्यमा उच्च वृद्धि, तोलामै ४ हजार २०० रुपैयाँले बढ्यो सुन

मेगा खबर संवाददाता

२०, श्रावण २०८३
  • 616
    SHARES

  • सुन–चाँदीको मूल्यमा उच्च वृद्धि, तोलामै ४ हजार २०० रुपैयाँले बढ्यो सुन

    काठमाडौं, नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एकैदिन प्रतितोला ४ हजार २०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।

    मंगलबार प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन बुधबार नयाँ उचाइमा पुगेको हो ।

    चाँदीको मूल्य पनि प्रतितोला ९५ रुपैयाँले बढेको छ । यससँगै चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको मूल्य ४ हजार ३८० रुपैयाँ थियो ।

    अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च रहेकाले त्यसको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरू बताउँछन् । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १२७ अमेरिकी डलर र चाँदी प्रतिऔंस ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ

    बुधवार, श्रावण २० २०८३०१:२३:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार