खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट नेपाल,एचपी,एभरेष्ट, सुगम र श्रीराम ग्यासका १४.२ किलोका सिलिण्डर बिक्री सुरु गरेको छ । बिक्री बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ ।
निगमका अनुसार जुलाईमा करिब ४९ हजार मेट्रिकटन ग्यास आयात भएको छ भने साउन १ देखि १५ गतेसम्म २६.५ हजार मेट्रिकटन ग्यास आयात गरिएको छ । ७.१ किलोबाट १४.२ किलो सिलिण्डरमा परिवर्तन भएकाले अस्थायी समस्या देखिएको र एक साताभित्र आपूर्ति सहज हुने दाबी गरिएको छ ।
उपभोक्ताले भने काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा ग्यास अभावको गुनासो गरिरहेका छन् । अधिकांश बिक्रेताले उद्योगबाट ग्यास नआएको भन्दै उपभोक्तालाई फर्काइरहेका छन् ।
नेपाल आयल निगमले आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न,अनावश्यक भण्डारण नगर्न तथा ग्यास नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह गरेको छ । साथै उद्योगी र बिक्रेतालाई घरायसी उपभोक्तालाई प्राथमिकता दिई बिक्री व्यवस्थित गर्न निर्देशन दिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।