बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से ७.७९ अंकले ओरालो

लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से ७.७९ अंकले ओरालो

मेगा खबर संवाददाता

१३, श्रावण २०८३
  • 661
    SHARES

  • लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से ७.७९ अंकले ओरालो

    काठमाडौं, नेपाली सेयर बजारमा लगातार तेस्रो कारोबार दिन पनि गिरावट देखिएको छ । अघिल्लो दिन ४.६४ अंकले घटेको बजार बुधबार थप ७.७९ अंकले ओरालो लाग्दै नेप्से परिसूचक २,६८८ अंकमा झरेको हो ।

    कारोबार सुरु भएपछि बजार केही समय सकारात्मक देखिए पनि त्यो टिक्न सकेन। दिउँसो १२:४० बजे नेप्से दिनकै उच्च २,७०६ अंकसम्म पुगेको थियो । त्यसपछि सुरु भएको गिरावट अन्तिम कारोबारसम्म कायम रह्यो ।

    कारोबार रकम पनि घटेको छ । मंगलबार ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ४ अर्ब २ करोड रुपैयाँमा सीमित रह्यो ।

    आज ७८ कम्पनीको सेयर मूल्य बढ्दा १८६ कम्पनीको मूल्य घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो । समूहगत सूचकतर्फ 'अन्य' समूह ०.४३ प्रतिशतले बढेको बाहेक सबै समूह राताम्मे रहे । बैंकिङ ०.२७, विकास बैंक ०.४२, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.५२, जलविद्युत् ०.३९, लगानी ०.२४, जीवन बीमा ०.१९, उत्पादन तथा प्रशोधन ०.५५, माइक्रोफाइनान्स ०.६०, निर्जीवन बीमा ०.५७ तथा व्यापार समूह ०.०१ प्रतिशतले घटेका छन् ।

    सूचीकृत भएपछि लगातार सकारात्मक सर्किटतर्फ उन्मुख रहेको एभरेस्ट कलरको सेयर मूल्य बुधबार पनि १५ प्रतिशतले बढ्यो। त्यसैगरी स्नो रिभर्स ४.९० प्रतिशत, खानीखोला हाइड्रोपावर ३.६२ प्रतिशत, हिमालयन पावर पार्टनर ३.३५ प्रतिशत तथा मेन्छियाम हाइड्रोपावर २.२४ प्रतिशतले उकालो लागे ।

    यता मातृभूमि लघुवित्तको सेयर मूल्य ४.५४ प्रतिशतले घट्दा कर्पोरेट डेभलपमेन्ट बैंक ४.४२ प्रतिशत र शुभम् पावर ४.२६ प्रतिशतले घटेका छन् ।

    कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर, खानीखोला हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स र रिडी पावर शीर्ष कारोबार हुने कम्पनीमा परेका छन् ।

    बुधवार, श्रावण १३ २०८३०३:४१:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार