मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

नेप्सेमा ७९.७४ अंकको उछाल, अधिकांश कम्पनीको सेयर मूल्य बढ्यो

नेप्सेमा ७९.७४ अंकको उछाल, अधिकांश कम्पनीको सेयर मूल्य बढ्यो

मेगा खबर संवाददाता

१, श्रावण २०८३
  • 553
    SHARES

  • नेप्सेमा ७९.७४ अंकको उछाल, अधिकांश कम्पनीको सेयर मूल्य बढ्यो

    काठमाडौँ, नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार ७९.७४ अंक अर्थात् ३.०६ प्रतिशतले बढेर २,६७७.५४ विन्दुमा पुगेको छ। नेपाल धितोपत्र बोर्डको नयाँ मार्गदर्शन तथा सेयर बजार सुधारका विषयमा अर्थमन्त्रीले दिएको सकारात्मक अभिव्यक्तिपछि लगानीकर्ताको मनोबल बढ्दा बजारमा उल्लेख्य सुधार देखिएको हो ।

    आज कुल ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार ७२३ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार अवधिमा १ करोड ३ लाख ८९ हजार ७७ कित्ता सेयर किनबेच भएका छन् ।

    कुल ३३५ कम्पनीको कारोबारमध्ये २५९ कम्पनीको सेयर मूल्य बढेको, १३ कम्पनीको घटेको र २ कम्पनीको मूल्य स्थिर रहेको  छ।

    सबैभन्दा बढी श्रीनगर एग्रो इन्डष्ट्रिजको सेयर मूल्य १५ प्रतिशतले बढेर प्रतिकित्ता ९६३.७० रुपैयाँ पुगेको छ। त्यसपछि सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको १४.८३ प्रतिशत, शिखर पावरको १२.५४ प्रतिशत, रिजलाइन इनर्जीको १२।०६ प्रतिशत र मिड सोलु हाइड्रोपावरको १२.०५ प्रतिशतले मूल्य वृद्धि भएको छ।

    यता आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १५ प्रतिशतले घट्दै नकारात्मक सर्किट लागेको छ।

    कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत अग्रस्थानमा रह्यो। कम्पनीको २२ करोड २३ लाख ९७ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसपछि कर्पोरेट डेभलपमेन्ट बैंक (१७ करोड ७३ लाख रुपैयाँ), रिलायन्स स्पिनिङ मिल्स (१५ करोड ६० लाख रुपैयाँ), रिडि हाइड्रोपावर (१५ करोड ३६ लाख रुपैयाँ) र ङादी ग्रुप पावर (१४ करोड ८५ लाख रुपैयाँ) क्रमशः उच्च कारोबार हुने कम्पनीमा परेका छन्।

    समूहगत रूपमा म्युचुअल फन्ड बाहेक सबै उपसमूह हरियालीमा रहे। विशेषगरी हाइड्रोपावर, इन्भेस्टमेन्ट र म्यानुफ्याक्चरिङ तथा प्रशोधन समूहमा ४ प्रतिशतभन्दा बढीको वृद्धि भएको छ।

    शुक्रवार, श्रावण १ २०८३०४:२३:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार