मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

ग्यास भण्डारण अभावले आपूर्ति व्यवस्थापनमा चुनौती, चाडपर्व लक्षित तयारीमा सरकार

ग्यास भण्डारण अभावले आपूर्ति व्यवस्थापनमा चुनौती, चाडपर्व लक्षित तयारीमा सरकार

मेगा खबर संवाददाता

३१, आषाढ २०८३
  • 352
    SHARES

  • ग्यास भण्डारण अभावले आपूर्ति व्यवस्थापनमा चुनौती, चाडपर्व लक्षित तयारीमा सरकार

    काठमाडौं, ३१ असार — नेपाल आयल निगमसँग खाना पकाउने एलपी ग्यास भण्डारण गर्ने आफ्नै सुविधा नहुँदा तथा ग्यास उद्योगहरूको भण्डारण क्षमता सीमित रहेकाले आपूर्ति व्यवस्थापनमा चुनौती देखिएको सरकारले जनाएको छ ।

    उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले बुधबार उद्योग तथा वाणिज्य,श्रम तथा उपभोक्ता हित समितिको बैठकमा हालको अवस्थाबारे जानकारी दिँदै देशभर सञ्चालनमा रहेका ५८ वटा ग्यास उद्योगको कुल भण्डारण क्षमता १० हजार १६६ मेट्रिक टन मात्र रहेको बताए ।

    उनका अनुसार ती उद्योगहरूको दैनिक सिलिन्डर भर्ने क्षमता १ लाख ६२ हजार रहेको छ भने औसतमा दैनिक १ लाख १० हजार सिलिन्डर बिक्री भइरहेको छ । नेपाल आयल निगमसँग आफ्नै ग्यास भण्डारण सुविधा नहुँदा मागअनुसार आपूर्ति व्यवस्थापन गर्न कठिनाइ भइरहेको उनले बताए ।

    सचिव राउतले ग्यास बुलेटको सीमित संख्याले पनि आपूर्तिमा दबाब सिर्जना गरेको उल्लेख गरे । उनका अनुसार हाल करिब ७०० ग्यास बुलेट ट्रान्जिट तथा स्ट्यान्डबाइमा रोकिँदा भारतबाट हुने ग्यास लोडिङ प्रक्रियासमेत प्रभावित भएको छ ।

    औद्योगिक प्रयोजनका लागि बिक्री हुने एलपी ग्यास परल मूल्य (कस्ट प्राइस) मै बिक्री हुने भएकाले त्यसबाट आयल निगमलाई कुनै घाटा नहुने उनले स्पष्ट पारे ।

    आगामी चाडपर्व र जाडोयाममा ग्यासको माग बढ्ने सम्भावनालाई ध्यानमा राख्दै आपूर्ति व्यवस्था सहज र चुस्त बनाउन मन्त्रालय आवश्यक तयारीमा जुटेको सचिव राउतले जानकारी दिए ।

    बुधवार, आषाढ ३१ २०८३११:३८:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार