बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

धान सिजनका लागि मल अभाव नहुने सरकारको दाबी, ५ लाख १२ हजार मेट्रिक टन वितरण

धान सिजनका लागि मल अभाव नहुने सरकारको दाबी, ५ लाख १२ हजार मेट्रिक टन वितरण

मेगा खबर संवाददाता

२३, आषाढ २०८३
  • 787
    SHARES

  • धान सिजनका लागि मल अभाव नहुने सरकारको दाबी, ५ लाख १२ हजार मेट्रिक टन वितरण

    काठमाडौं, कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले धान सिजनका लागि आवश्यक रासायनिक मलको अभाव नहुने बताएकी छन् ।

    मंगलबार राष्ट्रियसभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले असार १९ गतेसम्म ५ लाख ५८ हजार मेट्रिक टन मल आयात भएको र विगतको मौज्दातसमेत गरी हालसम्म ५ लाख १२ हजार मेट्रिक टन मल बिक्री–वितरण भइसकेको जानकारी दिइन् ।

    उनका अनुसार हाल ९५ हजार मेट्रिक टन मल मौज्दात छ भने सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत थप ५० हजार मेट्रिक टन मल छिट्टै आपूर्ति हुने क्रममा छ । यसले धान रोपाइँका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने विश्वास उनले व्यक्त गरिन् ।

    मन्त्री चौधरीले मल खरिदका लागि बजेट अभाव हुन नदिन अर्थ मन्त्रालयबाट आवश्यक पर्दा थप बजेट उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको पनि बताइन् । सिँचाइतर्फ १५६ स्थानीय तहमा साना सिँचाइ संरचना निर्माण तथा विस्तारका लागि करिब १६ करोड रुपैयाँ तथा संघीय निकायतर्फ ४ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिँदै उनले ठूला सिँचाइ आयोजनाबाट मधेश,लुम्बिनी र सुदूरपश्चिमका खेतीयोग्य जमिनमा आगामी दिनमा सिँचाइ सुविधा थप विस्तार हुने उल्लेख गरिन् ।

    यस्तै,मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र सहअस्तित्व प्रवर्द्धनका लागि प्रत्यक्ष परिणाममुखी कार्यक्रम सञ्चालन गरिने पनि मन्त्री चौधरीले बताइन् ।

    मंगलवार, आषाढ २३ २०८३०४:२१:०५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार