काठमाडौं, नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटायो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ,डिजेलमा ३० रूपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाएको हो ।




तर पेट्रोलियम पदार्थ विक्री गर्दै आएका निजी पेट्रोल पम्प सञ्चालकहरूले भने धेरै मूल्य घटाएको भन्दै विक्री वितरण नै बन्द गरेका छन् । काठमाडौंका निजी पेट्रोल पम्प आज बन्द छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रको पेट्रोल पम्पमा भने विक्री वितरण भइरहेको छ ।

अन्य पम्प बन्द भएपछि तीनै सुरक्षा निकायद्वारा सञ्चालित पम्पहरूमा लामो लाइन लागेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।