बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

२७०० अंकमा झर्‍यो सेयर बजार, कारोबार घट्यो

२७०० अंकमा झर्‍यो सेयर बजार, कारोबार घट्यो

  • 511
    SHARES

  • २७०० अंकमा झर्‍यो सेयर बजार, कारोबार घट्यो

    काठमाडौं, बिहीबार सेयर बजार २७०० अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा आज बजार परिसूचक नेप्से ५.०६ अंक घटेको हो ।

    अघिल्लो दिन नेप्से जम्मा ०.०८ अंक बढेको थियो । बजारको उतारचढाव सामान्य रह्यो । दिनभर नेप्से परिसूचक अधिकतम २७०९ र न्यूनतम २६९३ बीचमा सीमिति रह्यो । बिहीबार कारोबार रकम घटेको छ । अघिल्लो दिन ३ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४१ करोडको भयो । ७७ कम्पनीको मूल्य बढ्दा १८१ को घट्यो भने १४ को स्थिर रह्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.०२,फाइनान्स ०.२०,माइक्रोफाइनान्स ०.०४ तथा व्यापार ०.३१ प्रतिशत बढे ।

    विकास बैंक ०.५६, होटल तथा पर्यटन ०.४४,जलविद्युत् ०.१२, लगानी ०.६२,जीवन बीमा ०.१४,उत्पादन तथा प्रशोधन ०.१०, निर्जीवन बीमा ०.३० तथा अन्य ०.८६ प्रतिशत घटे । दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । यो वृद्धिपछि सोपानको मूल्य प्रतिकित्ता ९२९.७० रुपैयाँ तथा एपोलोको ७९६.६० रुपैयाँ पुगेको छ ।

    बिहिवार, आषाढ ४ २०८३०४:०३:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार