बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सेयरमा सबैलाई अन्तिम कर लागू नहुने

सेयरमा सबैलाई अन्तिम कर लागू नहुने

  • 634
    SHARES

  • सेयरमा सबैलाई अन्तिम कर लागू नहुने

    काठमाडौं, सेयर कारोबारमा लाग्ने पुँजीगत कर नै अन्तिम हुने घोषणा गरे पनि सबैलाई यो व्यवस्था लागू नहुने देखिएको छ । 

    २०८३८४ को बजेटसँगै पेस भएको आर्थिक विधेयक २०८३ ले अन्तिम कर कट्टी हुने भुक्तानीमा व्यवस्थामा आय विवरण बुझाउन नचाहने (नपर्ने) व्यक्तिलाई समेटेको छ ।  सेयर कारोबार गर्ने कसैले नियम अनुसार आय कर बुझाउनु पर्नेछ भने उसले तिरेको पुँजीगत लाभकर मात्रै अन्तिम कर नमानिने भएको हो । 

    अहिलेको विद्येयकले विभिन्न कारणले आय विवरण बुझाउन नपर्ने व्यक्तिलाई मात्रै अन्तिम कर मानिने व्यवस्था गरेको हो । र, आयकर बुझाउनुपर्ने सेयर लगानीकर्तालाई भने पुँजीगत लाभकर नै अन्तिम कर नहुने भएको हो । 

    अहिले वार्षिक ४० लाख रुपैयाँभन्दा कम आम्दानी हुने वा गैरव्यावसायिक करयोग्य सम्पत्ति हुनेले पनि आयकर विवरण बुझाउनु पर्दैन । कसैले सेयर कारोबारमा वार्षिक ४० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छ भने उसले बुझाउने पुँजीगत लाभकर नै अन्तिम कर नहुने भएको हो । 

    सेयर जस्ता गैरव्यावसायिक आम्दानी मात्रै हुनेले पनि आयकर विवरण बुझाउनु पर्दैन । तर, सेयर कारोबारबाहेक अन्य आम्दानीका स्रोत समेत हुनेले भने सेयर कारोबारमा तिरेको पुँजीगत लाभकर नै अन्तिम नहुने भएको हो । र, यही कारोबारको कारण भएको आम्दानीमा अन्य कर तिर्नुपर्ने अवस्था हुने देखिएको एक कर विज्ञ बताउँछन् । 

     

    शनिवार, जेठ १६ २०८३०४:५१:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार