काठमाण्डौ, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त थप तीन वटा सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरेको छ ।
समितिका अनुसार समस्याग्रस्त घोषित तीन वटा सहकारीका १ हजार ७७० जना ऋणीहरूको नाम सार्वजनिक गरिएको हो ।समितिले तपाई हाम्रो हुउद्देश्यीय सहकारी,घेदुङ बहुउद्देश्यीय सहकारी,नागरिक कल्याण बहुउद्देश्यीय सहकारी,आइडियल यमुना बहुउद्देश्यीय सहकारीका ऋणीको नाममा सार्वजनिक गरेको हो । समितिले हिजो सूचना निकालेर सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ ।
अन्यथा कानुन बमोजिम असुली गरिने उल्लेख छ । अन्य ऋणीहरूको नामावली क्रमिकरुपमा प्रकाशित हुने भएकाले ऋणीहरूले कार्यालयमा सम्पर्क गरी ऋण तिर्न निर्देशन दिएको छ ।
समितिले समस्याग्रस्त सहकारीका ऋणीहरुको नाम सार्वजनिक गर्दै आएको छ । ऋणीहरूको नाम सूचीमा उल्लेख छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।