काठमाडौँ, बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सुधार देखिएको छ ।
नेप्से परिसूचक ३०.०८ अङ्क अर्थात् १.१० प्रतिशतले वृद्धि भई २,७५४.४८ को विन्दुमा पुगेर बन्द भएको छ । आज बजारमा कुल ३४६ कम्पनीका १ करोड ६ लाख ६१ हजार ४७६ कित्ता सेयर ५२,३३६ पटक खरिदबिक्री हुँदा ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार ९६६ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबारको कारोबारमा अधिकांश कम्पनीका लगानीकर्ताले आम्दानी गरेका छन् ।
कुल २४८ कम्पनीको सेयर मूल्यमा सुधार आउँदा २१ कम्पनीको मूल्यमा गिरावट देखिएको छ भने एउटा कम्पनीको सेयर मूल्य स्थिर छ । आजको वृद्धिपछि समग्र बजार पुँजीकरण ४६ खर्ब ९७ अर्ब ९० करोड रुपैयाँ पुगेको छ भने फ्लोट मार्केट क्यापिटलाइजेसन १५ खर्ब ६९ अर्ब ६४ करोड रुपैयाँ कायम भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।