बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बेरुजुमा सबैभन्दा अगाडि वन मन्त्रालय, दोस्रोमा सञ्चार

बेरुजुमा सबैभन्दा अगाडि वन मन्त्रालय, दोस्रोमा सञ्चार

  • 790
    SHARES

  • बेरुजुमा सबैभन्दा अगाडि वन मन्त्रालय, दोस्रोमा सञ्चार

    काठमाडौँ, रित नपुर्‍याई गरिने खर्चमा वन मन्त्रालय र सञ्चार मन्त्रालय सबैभन्दा अगाडि देखिएका छन् ।

    महालेखा परीक्षकको कार्यालयको ६३औं प्रतिवेदन अनुसार वन तथा वातावरण मन्त्रालयमा लेखा परीक्षण गरिएको रकममध्ये करिब १४ प्रतिशत बेरुजु देखिएको हो । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बिच रायाले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन बुझाए । सार्वजनिक स्रोत–साधनको परिचालनमा नियमितता,मितव्ययिता,कार्यदक्षता,प्रभावकारिता र औचित्यका आधारमा लेखापरीक्षण गरी प्रतिवेदन तयार पारिएको उनले जानकारी दिए ।

    आर्थिक वर्ष २०८१०८२ मा कुल ५ हजार ५२६ निकायको ९४ खर्ब ८४ अर्ब ५० करोड रुपैयाँ बराबरको लेखापरीक्षण सम्पन्न भएको छ । संघीय मन्त्रालय तथा निकायतर्फ ३ हजार ५० कार्यालयको २९ खर्ब १७ अर्ब ९५ करोड,प्रदेशतर्फ १ हजार १२४ कार्यालयको ३ खर्ब २० अर्ब ३० करोड र स्थानीय तहतर्फ ७२१ निकायको ११ खर्ब ९ अर्ब ५२ करोडको लेखापरीक्षण गरिएको छ । समिति एवं अन्य संस्थातर्फ ५७७ निकायको ४ खर्ब ४७ अर्ब ७७ करोड र ४४ वटा संगठित संस्थाको ४६ खर्ब ८८ अर्ब ९६ करोडको लेखापरीक्षण सम्पन्न भएको छ ।

    यस वर्षको लेखापरीक्षणबाट कुल ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम भएको छ । संघीय सरकारी कार्यालयतर्फ ५३ अर्ब ४८ करोड ७७ लाख, प्रदेशतर्फ ५ अर्ब २२ करोड ८७ लाख,स्थानीय तहतर्फ १९ अर्ब ४ करोड ७७ लाख र समिति एवं अन्य संस्थातर्फ १० अर्ब ३२ करोड ७० लाख छ । नेपालको अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ,जुन गत वर्षको तुलनामा २.९९ प्रतिशतले बढी हो । अद्यावधिक बेरुजुमा संघीय कार्यालयको हिस्सा ३ खर्ब ७८ अर्ब ५४ करोड र स्थानीय तहको २ खर्ब २० अर्ब ४७ करोड छ ।

     

    शुक्रवार, जेठ १ २०८३०५:२८:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार