बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुस्तायो सेयर बजार, ३ अर्बमुनि खुम्चियो कारोबार

सुस्तायो सेयर बजार, ३ अर्बमुनि खुम्चियो कारोबार

मेगा खबर संवाददाता

२४, बैशाख २०८३
  • 673
    SHARES

  • सुस्तायो सेयर बजार, ३ अर्बमुनि खुम्चियो कारोबार

    काठमाडौं, बिहीबार सेयर बजार ६.९४ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से परिसूचक २७१८ अंकमा कायम भएको छ ।

    जुन अंक दिनभरको अधिकम अंक पनि हो । केही दिनयता बजारको उतारचढाव न्यून भएको छ । अघिल्लो दिन बुधबार १.६४ अंक घटेको थियो भने मंगलबार ८ अंक बढेको थियो । कारोबार रकम ३ अर्ब मुनि खुम्चिएको छ । आज जम्मा २ अर्ब ९३ करोडको कारोबार भयो । यो कारोबार रकम गत फागुन २५ यताकै न्यून हो । सो दिन बजारमा सर्किट ब्रेकर लाग्दा कारोबार रकम न्यून हुन पुगेको थियो ।

    कारोबार रकम केही दिनदेखि घट्दै आएको छ । अघिल्लो दिन ३ अर्ब १९ करोडको कारोबार भएको थियो । १५५ कम्पनीको मूल्य बढेको छ भने १०२ को घटेको छ । त्यस्तै १२ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

    व्यापार समूह सबैभन्दा धेरै १.५७ प्रतिशत बढ्यो भने अरु सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३३, विकास बैंक ०.२९,होटल तथा पर्यटन ०.२०,जीवन बीमा ०.३०,माइक्रोफाइनान्स ०.३५,अन्य ०.८३ प्रतिशत बढे । निर्जीवन बीमा ०.५६, उत्पादन तथा प्रशोधन ०.०८,लगानी ०.०७ र फाइनान्स ०.०८ प्रतिशत घटे भने हाइड्रोपावर समूह स्थिर रह्यो । स्वाबलम्बन लघुवित्तको मूल्य सबैभन्दा धेरै १२.१९ प्रतिशत बढ्यो । सिर्जनशील लघुवित्तको ४.२९,पियोर इनर्जीको ४.२४,त्रिशूली जलविद्युतको ३.८५ प्रतिशत बढ्यो ।

    फरवार्ड माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै १३.२४ प्रतिशत घट्यो । त्यस्तै अपरलोहोरे खोला हाइड्रोपावरको ९.१२,मेन्छियाम हाइड्रोपावरको ४.४९, शिखर पावरको ३.८२ प्रतिशत मूल्य घट्यो ।

    बिहिवार, बैशाख २४ २०८३०३:२९:२८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार