काठमाडौँ,सरकारले सार्वजनिक यातायातको भाडा फेरि वृद्धि गरेको छ ।
यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५ प्रतिशत भाडा वृद्धि गरिएको हाे । हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५ प्रतिशत वृद्धि गरेका छौँ उनले भने, यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।
यसअघि भाडा समायोजन गर्दा डिजेलको औसत बजार मूल्य प्रतिलिटर १८० रुपैयाँ ८३ पैसा रहेकोमा हाल ५५ रुपैयाँले वृद्धि भई २३५ रुपैयाँ ८३ पैसा कायम भएको छ । यो अघिल्लो मूल्यको तुलनामा ३०.४१ प्रतिशतको वृद्धि हो । इन्धनमा भएको यही मूल्यवृद्धिलाई आधार मानी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिमा नयाँ भाडादर लागू गरिएको विभागले जनाएको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।