काठमाडौं, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्यालले राजीनामा दिएका छन् ।
जेनजी आन्दोलनको ४ दिनअघि भदौ १९ गते नियुक्त भएका उनले ८ महिनामै राजीनामा बुझाएका हुन् । सोमबार अर्थमन्त्रीसमक्ष राजीनामा बुझाएको र उक्त राजीनामा स्वीकृत समेत भइसकेको अर्थ मन्त्रालयले जनाएको छ । एमाले पृष्ठभूमिमा उनलाई तत्कालिन ओली नेतृत्वको सरकारले नेप्सेमा नियुक्त गरेको थियो ।
नयाँ सरकारले पुराना राजनीतिक नियुक्तिलाई मार्ग प्रशस्त गर्न आग्रह गरिरहेका बेला उनले राजीनामा दिएका हुन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।