बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

मेगा खबर संवाददाता

१४, बैशाख २०८३
  • 667
    SHARES

  • सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

    काठमाडौं, साताको पहिलो कारोबार दिन सेयर बजार ७.७३ अंक बढेको छ ।

    सो वृद्धिपछि नेप्से परिसूचक २७९६ अंकमा कायम भएको छ । यसअघि शुक्रबार नेप्से १.५ अंक बढेको थियो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब २७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७४ करोडको भयो । १५७ कम्पनीको मूल्य बढ्दा १०२ को घट्यो भने १० को स्थिर रह्यो ।

    उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५२ प्रतिशत बढ्यो ।  विकास बैंक १.१४,बैंकिङ ०.६८,फाइनान्स ०.४२,होटल तथा पर्यटन ०.९७, जीवन बीमा ०.१३,माइक्रोफाइनान्स ०.२९ तथा निर्जीवन बीमा ०.१५ प्रतिशत बढे । हाइड्रोपावर ०.१९, लगानी ०.२८, अन्य ०.४४ तथा व्यापार १.३९ प्रतिशत घटे । ४ कम्पनीको मूल्य १५ प्रतिशत बढ्यो । १५ प्रतिशत बढेका कम्पनीमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज,कर्पोरेट डेभलपमेन्ट बैंक,शिखर पावर र सिटी होटल छन् । झापा इनर्जीको ९.४४ तथा ग्रिन डेभलपमेन्ट बैंकको ६.८६ प्रतिशत मूल्य बढ्यो ।

    माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत् कम्पनी,सोलु हाइड्रोपावर,नेसनल हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंक छन् ।

    सोमवार, बैशाख १४ २०८३०३:३१:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार