बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आठ महिनामा सरकारले उठायो ७ खर्ब ४७ अर्ब २८ करोड राजस्व

आठ महिनामा सरकारले उठायो ७ खर्ब ४७ अर्ब २८ करोड राजस्व

मेगा खबर संवाददाता

१, चैत्र २०८२
  • 772
    SHARES

  • आठ महिनामा सरकारले उठायो ७ खर्ब ४७ अर्ब २८ करोड राजस्व

    काठमाडौँ,सरकारले चालू आर्थिक वर्ष २०८२८३ को फागुन महिनासम्ममा कुल ७ खर्ब ४७ अर्ब २८ करोड ५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

    शीर्षकगत राजस्वको अवस्था

    १, भन्सार महसुल

    फागुन मसान्तसम्म सरकारले भन्सार महसुलतर्फ १ खर्ब ९५ अर्ब ९० करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर,१ खर्ब ४४ अर्ब ५० करोड १४ लाख रुपैयाँ मात्र सङ्कलन भएको छ । यो लक्ष्यको ७३.७६ प्रतिशत मात्र हो । गत वर्षको सोही अवधिमा १ खर्ब ४४ अर्ब १८ करोड २१ लाख रुपैयाँ सङ्कलन भएको तुलनामा यस वर्ष ८.१२ प्रतिशतले वृद्धि देखिएको छ । भन्सार अन्तर्गत पैठारीमा ८.०४ प्रतिशत र निकासी तर्फ २२५.६५ प्रतिशतको वृद्धि देखिएको छ ।

    २. मूल्य अभिवृद्धि कर

    राजस्वको मुख्य आधार मानिने मूल्य अभिवृद्धि कर (भ्याट) तर्फको सङ्कलनमा पनि ७.३५ प्रतिशतको वृद्धि देखिएको छ । समीक्षा अवधिसम्म २ खर्ब ४६ अर्ब ४३ करोड ९० लाख रुपैयाँको लक्ष्य राखिएकोमा २ खर्ब २५ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ सङ्कलन भएको छ ।

    गत वर्ष सोही अवधिमा २ खर्ब १० अर्ब ९ करोड ३२ लाख रुपैयाँ सङ्कलन भएको थियो । भ्याट अन्तर्गत उत्पादन,बिक्री र सेवामा ७.१३ प्रतिशत र पैठारीतर्फ ७।५१ प्रतिशतको वृद्धि भएको छ ।

    ३. अन्तःशुल्क

    अन्तःशुल्क सङ्कलनमा दोहोरो अंकको सुधार देखिएको छ । गत वर्षको फागुन मसान्तसम्म १ खर्ब ८ अर्ब ८७ करोड ६४ लाख रुपैयाँ सङ्कलन भएकोमा यस वर्ष १०.४४ प्रतिशतले वृद्धि भई १ खर्ब २० अर्ब ३६ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।

    यो अवधिमा १ खर्ब ३३ अर्ब २१ करोड ६४ लाख रुपैयाँ सङ्कलन गर्ने सरकारको लक्ष्य थियो । आन्तरिक उत्पादनतर्फको अन्तःशुल्कमा १०.०१ प्रतिशत र पैठारीतर्फ ११.०६ प्रतिशतको वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

    ४,आयकर र गैर–कर राजस्वमा गिरावट

    आयकर र अन्य राजस्व (गैर–कर) मा भने गिरावट देखिएको छ । आयकर तर्फ गत वर्ष फागुन मसान्तसम्म १ खर्ब ७३ अर्ब २६ करोड ५ लाख रुपैयाँ सङ्कलन भएकोमा यस वर्ष १।४२ प्रतिशतले घटेर १ खर्ब ७० अर्ब ८० करोड ४१ लाख रुपैयाँ मात्र सङ्कलन भएको छ । आयकरको लक्ष्य २ खर्ब ३७ अर्ब ८० करोड ४५ लाख रुपैयाँ थियो ।

    गैर–कर राजस्वतर्फ (अन्य राजस्व) गत वर्ष ८१ अर्ब ५४ करोड ७७ लाख रुपैयाँ सङ्कलन भएकोमा यस वर्ष १३।३१ प्रतिशतले घटेर ७० अर्ब ६९ करोड ४८ लाख रुपैयाँ मात्र सङ्कलन भएको छ । गैर–कर राजस्वको लक्ष्य ९३ अर्ब ७७ करोड ३३ लाख रुपैयाँ रहेको थियो ।

    ५, शिक्षा सेवा शुल्क र अन्य

    शिक्षा सेवा शुल्क र अन्य साना शीर्षकमा भने उत्साहजनक वृद्धि देखिएको छ । यस शीर्षकमा गत वर्ष २ अर्ब ३८ करोड ७७ लाख रुपैयाँ सङ्कलन भएकोमा यस वर्ष ६६.६२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९७ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।

    यस्तो छ विभागीय कार्यसम्पादनको अवस्था

    विभागीय रूपमा हेर्दा भन्सार विभागले फागुन मसान्तसम्म ३ खर्ब १९ अर्ब ९४ करोड ६१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो गत वर्षको तुलनामा १.४८ प्रतिशतले बढी हो । भन्सारलाई यो अवधिमा ३ खर्ब ७८ अर्ब १६ करोड ४७ लाख उठाउने लक्ष्य दिइएको थियो । यो सङ्कलन लक्ष्यको ७९।३१ प्रतिशत हो ।

    अर्कोतिर आन्तरिक राजस्व विभागले ३ खर्ब ५६ अर्ब ६३ करोड ९७ लाख रुपैयाँ सङ्कलन गरेको छ,जसमा ३.९० प्रतिशतको वृद्धि देखिएको छ । आन्तरिक राजस्वलाई यो अवधिमा ४ खर्ब ३८ अर्ब २६ करोड ५३ लाख उठाउने लक्ष्य दिइएको थियो । यो राजस्व सङ्कलन लक्ष्यको ८१.३८ प्रतिशत हुन आउँछ ।

    आइतवार, चैत्र १ २०८२०३:०९:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार