काठमाडौँ, साताको कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ ।
बिहीबार नेप्से परिसूचक ६।०३ अङ्कले बढेर २६५४।९३ विन्दुमा पुगेर बन्द भएको छ । आज बजारमा कुल ३३५ कम्पनीका १ करोड ५३ लाख कित्ता सेयर खरिदबिक्री भएका छन् । दिनभरको कारोबारबाट कुल ४ अर्ब १७ करोड ४६ लाख ३० हजार ५१५ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज कारोबार भएका कम्पनीहरूमध्ये १३७ कम्पनीको शेयर मूल्य बढेको छ भने ११८ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज सबैभन्दा धेरै कमाउनेमा सालपा विकास बैंक रहेको छ,जसको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५८४.५० पुगेको छ । रिलायन्स स्पिनिङ मिलको मूल्य ९.२६ प्रतिशत र हिम स्टारको मूल्य ६ प्रतिशतले वृद्धि भएको छ ।
आज होटल,उत्पादनमूलक, माइक्रोफाइनान्स र म्युचुअल फण्ड गरी चारवटा समूहगत परिसूचक घट्दा बाँकी समूह बढेको छ । निर्जीवन बीमा समूह सबैभन्दा धेरै १.०६ प्रतिशतले बढेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।