बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

२६४९ विन्दुमा नेप्से, सात अर्ब बढीको सेयर किनबेच

२६४९ विन्दुमा नेप्से, सात अर्ब बढीको सेयर किनबेच

  • 625
    SHARES

  • २६४९ विन्दुमा नेप्से, सात अर्ब बढीको सेयर किनबेच

    काठमाडौं, साताको तेस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक ९।९३ अंकले बढेर बन्द भएको छ ।

    नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० विन्दुमा पुगेको हो। अघिल्लो दिन सोमबार नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ विन्दुमा पुगेको थियो । सो दिन ६ अर्ब बराबरको सेयर कारोबार भएको थियो । ३३४ स्क्रिप्सको १ करोड ४८ लाख ३१ हजार  २४१ कित्ता सेयर ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार २९६ रुपैयाँमा खरिदबिक्री भए । नेप्से वृद्धि भएपनि यसदिन कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन ।  जीवन विकास लघुवित्त वित्तीय संस्था र थ्री स्टार हाइड्रोपावरको सेयर ९ प्रतिशत बढीले वृद्धि भयो । रुरु  जलविद्युत परियोजनाको सेयर सर्वाधिक ८.४१ प्रतिशतले घट्यो ।

    कारोबार रकमका आधारमा एसवाइ प्यानल नेपाल शीर्षस्थानमा रह्यो। सो कम्पनीको २४ करोड मूल्य बराबरको सेयर कारोबार भयो। बुटवल पावरले २३ करोड ६७ लाखको से‍यर कारोबार गर्दा शिवम सिमेन्ट्सले २३ करोड ४७ लाख,बन्दिपुर केवलकारले २१ करोड र मञ्जुश्री फाइनान्सले १९ करोड मूल्य बराबरको सेयर कारोबार गरे ।

    र्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा बुटवल पावर रहेको छ । उक्त कम्पनीको ७६९ रूपैयाँमा २३ करोड ६७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । 

    यसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक २।८७ प्रतिशतले बढेको छ।

     

    मंगलवार, पौष २२ २०८२०३:३०:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार