काठमाडौँ, सुनको मूल्यमा आज गिरावट आएको छ ।
सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको हो । शुक्रबार सुन प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँ रहेको थियो । आइतबार यो मूल्य २ लाख ६० हजार ४०० रुपैयाँ तोकिएको छ ।
चाँदी प्रतितोला २५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो । आइतबार यो मूल्य ४ हजार ५०० रुपैयाँ कायम भएको छ ।
महासंघले अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।