बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सेयर बजारमा १२.८३ अङ्कको गिरावट

सेयर बजारमा १२.८३ अङ्कको गिरावट

  • 820
    SHARES

  • सेयर बजारमा १२.८३ अङ्कको गिरावट

    काठमाडौँ, साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट आएको छ ।

    आज नेप्से परिसूचक १२.८३ अङ्कले घटेर २६२०.९२ विन्दुमा ओर्लिएको हो । बिहीबार बजारमा कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा आज कारोबार रकम ४ अर्ब ७१ करोडमा सीमित भएको हो ।

    आज कुल ३३६ कम्पनीका १ करोड १ लाख ५३ हजार कित्ता सेयर कारोबार भएको थियो । आज कारोबार भएका कम्पनीमध्ये जम्मा ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८९ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्य भने स्थिर छ । बजारका १३ समूहका सूचकमध्ये आज अन्य बाहेक सबै समूह घटेका छन् । सबै समूहका सूचकको घटबढ एक प्रतिशत भन्दा कम छ । 

    बजार ओरालो लागे पनि केही कम्पनीका लगानीकर्ताले उल्लेख्य कमाएका छन् । विन नेपाल लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । एसवाई प्यानलको मूल्य ९.०९ प्रतिशत र हिमस्टार ऊर्जाको मूल्य ८.०९ प्रतिशतले बढेको छ । आज बजारमा ग्लोबल आईएमई समुन्नत योजना २ म्युचुअल फण्डमा १० प्रतिशत मूल्य घटेको छ ।

    बिहिवार, पौष १७ २०८२०३:४१:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार