काठमाडौं, बुधबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो एकैदिन ५ हजार २०० रूपैयाँले बढेको सुनको भाउ आज प्रतितोला ९०० रूपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २ लाख ४८ हजार ८०० रूपैयाँ पुगेको छ ।हिजो छापावाल सुन प्रतितोला २ लाख ४७ हजार ९०० रूयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि प्रतितोला २० रूपैयाँ बढेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।