मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

  • TRENDING NOW :

दिनभरमा कति कफी पिउनु ठिक हुन्छ ?

दिनभरमा कति कफी पिउनु ठिक हुन्छ ?

मेगा खबर संवाददाता

८, मंसिर २०८२
  • 907
    SHARES

  • दिनभरमा कति कफी पिउनु ठिक हुन्छ ?

    काठमाडौँ,  बिहान उठ्ने बित्तिकै मानिसहरू कफीबाट दिनको सुरुआत गर्छन् । धेरैका लागि, यो एउटा इनर्जी बुस्टर पनि हो । यसले थकान हटाउँछ, दिमागलाई सक्रिय बनाउँछ,र फोकस पनि बढाउँछ । कफी आफैँमा हानिकारक छैन । तर  गलत समयमा पिउनाले यसले तपाईँलाई कमजोर,चिडचिडे र थकित महसुस गराउन सक्छ । 

    मानव शरीरले पनि घडीले जस्तै गरी काम गर्ने स्ट्यानफोर्ड विश्वविद्यालयको क्लक बायोलोजीमा आधारित नयाँ अनुसन्धानले औँल्याएको छ । हाम्रो शरीरमा फरक फरक हर्मोन फरक फरक समयमा सक्रिय हुन्छन् । यदि हामीले शरीरले कफीलाई साँच्चै ऊर्जामा रूपान्तरण गर्न सक्ने बेलामा यसको सेवन गर्‍यौ भने यसको असर दुई गुणा हुन्छ र दिनभरि शरीर ऊर्जावान् महसुस गर्छ ।

    बिहान उठ्ने बित्तिकै कफी पिउनु किन छ गलत 

    हाम्रो शरीरले स्वाभाविक रूपमै बिहान ६ देखि ९ बजेको बीचमा कोर्टिसोल नामक हर्मोन उत्पादन गर्छ । यो हर्मोन आफैँमा प्राकृतिक इनर्जी बुस्टर हो । हामीले यस समयमा कफी पियौँ भने,दुई समस्याहरू उत्पन्न हुन्छन् शरीरले कफीलाई प्रभावकारी रूपमा चिन्न सक्दैन, र शरीरको प्राकृतिक ऊर्जा बिस्तारै डिस्टर्ब हुन थाल्छ । बिहान उठ्ने बित्तिकै कफी पिउने मानिसहरूले केही घण्टामै फेरि थकित महसुस गर्नुको कारण यही हो ।

    कुन हो कफी पिउने सही र वैज्ञानिक समय

    क्लक बायोलोजीका अनुसार, कफी पिउने सबैभन्दा राम्रो समय बिहान ९ः३० देखि ११ः३० सम्म वा दिउँसो २ः०० देखि ४ः०० सम्म हो । यी दुई समयमा, शरीरको कोर्टिसोलको स्तर थोरै घट्छ,र क्याफिनले आफ्नो जादु काम गर्छ, ऊर्जा बढाउँछ, दिमागलाई सतर्क बनाउँछ र मुड पनि सुधार्छ ।

    दिउँसो २ः०० बजे आसपास हाम्रो शरीरको ऊर्जा स्वाभाविक रूपमा घट्न थाल्छ । यसलाई प्राकृतिक पोस्ट–लन्च डिप भनिन्छ । यस समयमा एक कप कफीले शरीरलाई सतर्क राख्छ र निद्रा वा आलस्यबाट बचाउँछ । क्याफिन शरीरमा ६ देखि ८ घण्टासम्म सक्रिय रहने भएकोले ४ बजे पछिको कफीले निद्रामा बाधा पुर्‍याउन सक्छ ।

    दिनभरमा कति कफी पिउनु ठिक हुन्छ 

    विज्ञहरूले दिनमा एक वा दुई कप कफी सेवन पर्याप्त हुने सुझाव दिन्छन् । धेरै कफी पिउनाले तपाईंको मुटुको धड्कन बढ्न सक्छ, आत्तिएको जस्तो महसुस हुन सक्छ र निद्रा बिथोल्न सक्छ ।  

    आइतवार, मंसिर ८ २०८२०१:४०:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार