बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सरकारको खर्च र आम्दानीमा सुधार, यस्तो छ विवरण

सरकारको खर्च र आम्दानीमा सुधार, यस्तो छ विवरण

मेगा खबर संवाददाता

२, मंसिर २०८२
  • 919
    SHARES

  • सरकारको खर्च र आम्दानीमा सुधार, यस्तो छ विवरण

    काठमाडौं, चालु आर्थिक वर्षको पहिलो चार महिनामा सरकारको खर्च र आम्दानी सुधार देखिएको छ ।

    भदौ २३ र २४ को आन्दोलनपछिको तथ्यांक अनुसार पहिलो दुई महिनामा राजस्वमा ह्रास देखिएको थियो ।

    असोज र कात्तिकमा समान्य सुधार भएपछि समग्रमा चार महिनाको अवधिमा राजस्व १ प्रतिशतले बढेको छ ।

    कात्तिक मसान्तसम्म समग्र राजस्व १ प्रतिशतले बढेर ३ खर्ब २६ अर्ब पुगेको छ । गत वर्ष यो अवधिमा ३ खर्ब २३ अर्ब उठेको थियो ।

    कर राजस्व ६ प्रतिशतले बढेर ३ खर्ब ६ अर्ब पुगेको छ । गत वर्ष २ खर्ब ८९ अर्ब पुगेको थियो । गैरकर राजस्वमा ४१ प्रतिशतको गिरावटपछि १९ अर्ब ६५ करोड संकलन भएको छ । गत वर्ष ३३ अर्ब ३४ करोड संकलन भएको थियो ।

    गैरकर राजस्वमा ४१ प्रतिशतको गिरावटपछि १९ अर्ब ६५ करोड संकलन भएको छ । गत वर्ष ३३ अर्ब ३४ करोड संकलन भएको थियो । वैदेशिक अनुदान करिब तीन अर्ब रूपैयाँ संकलन भएको छ ।

    खर्च तर्फ भने समग्र खर्च १२ प्रतिशतले बढेर ४ खर्ब ६८ अर्ब पुगेको छ । गत वर्ष यही अवधिमा ४ खर्ब १५ अर्ब खर्च भएको थियो । चालु खर्च नौ प्रतिशतले बढेर ३ खर्ब २० अर्ब पुगेको छ । गत वर्ष यही अवधिमा २ खर्ब ९२ अर्ब खर्च भएको थियो ।

    पुँजीगत खर्च २६ प्रतिशतले घटेपछि २५ अर्ब ३१ करोड मात्रै संकलन भएको छ । गत वर्ष ३४ अर्ब ५३ करोड संकलन भएको थियो । वित्तीय व्यवस्थापन खर्च ३९ प्रतिशतले बढेर १ खर्ब २२ अर्ब पुगेको छ । गत वर्ष यही अवधिमा ८७ अर्ब ९६ करोड खर्च भएको थियो ।

    तर,देशको खानी उद्योग लामो समयदेखि बालश्रम,असुरक्षित काम गर्ने वातावरण,र भ्रष्टाचारको गम्भीर आरोपहरूले ग्रस्त छ ।

     

    सोमवार, मंसिर २ २०८२०८:१५:३३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार