सुनको मूल्यमा लगातार वृद्धि देखिन थालेको छ । मंगलबार पनि स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।
मंगलबार सुन प्रतितोला चार हजार नौ सय रूपैयाँले बढेको छ । यस दिन सुन दुई लाख ४६ हजार ४ सय रूपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार दुई हजार नौ सय रूपैयाँले बढेपछि दुई लाख ४१ हजार पाँच सय रूपैयाँमा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस चार हजार एक सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।