काठमाडौं, दुई बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् । चालु आर्थिक वर्ष २०८२८३ को पहिलो त्रैमास (साउनदेखि असोजसम्म)को अवधिमा कुमारी र प्राइम कमर्सियल बैंक राष्ट्र बैंकको कारबाहीमा समेत परेका हुन् ।
कालो सूचीमा रहेको खातामा रकम जम्मा गर्ने बाहेक कुनै पनि बैंकिङ कारोबार गर्न नपाइने भएपनि कुमारी बैंकले यस्तो गरेपछि सचेत गराइएको हो । कालोसूचीमा रहेका व्यक्ति,फर्म,कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न नपाउने व्यवस्था रहेको छ ।
प्राइम बैंकलाई भने कर्जाको भाका नाघेको अवधिको आधारमा वर्गीकरण नगरेका,केही कर्जाहरुलाई कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको,केही कर्जाहरुको जोखिम भार गणना नियम अनुसार नगरेको भन्दै सचेत गराइएको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।