बोर्ड बैठक आज बसेर नतिजा प्रकाशित गरेको हो । बोर्डका अनुसार पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
गत असोज ७ र ८ गते भएको परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ७६ हजार ३ सय ६७ जना उत्तीर्ण भएका हुन् । ४ जनाको परीक्षाफल रद्द गरिएको छ । गत ११ सानउनमा प्रकाशित भएको नियमित नतिजामा ६१.१७ विद्यार्थी ग्रेडेड भएका थिए । नतिजा हेर्नका लागि नेपाल टेलिकमको १६०० मा एसएमएस गर्नुपर्नेछ ।
९७१०१०७०,९७१०११२८,९७१०२७१६ र ९७१०४०९९ सिम्बोल नम्बर भएका परीक्षार्थीको नतिजा रद्द गरिएको बोर्डले जनाएङ्को छ ।
बोर्डको वेबसाइट,नेपाल टेलिकमको वेबसाइट र १६०० मा एसएमएस गरी नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।