बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पहिलो त्रैमासमा बैंकिङ क्षेत्रको नाफा १८ प्रतिशतले घट्यो, कुनको अवस्था कस्तो ?

पहिलो त्रैमासमा बैंकिङ क्षेत्रको नाफा १८ प्रतिशतले घट्यो, कुनको अवस्था कस्तो ?

मेगा खबर संवाददाता

२२, कार्तिक २०८२
  • 643
    SHARES

  • पहिलो त्रैमासमा बैंकिङ क्षेत्रको नाफा १८ प्रतिशतले घट्यो, कुनको अवस्था कस्तो ?

    काठमाडौँ, बैंकिङ क्षेत्रको नाफा घटेको पाइएको छ । बैंकहरूले प्रकाशित गरेको आर्थिक वर्ष २०८२८२ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार यो अवधिमा नाफा १८.७८ प्रतिशतले घटेर १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ कायम भएको हो ।

    गत वर्ष बैंकहरूले यही अवधिमा १६ अर्ब १८ लाख ९४ हजार रुपैयाँ नाफा कमाएका थिए । बैंकहरूको नाफा घट्नुमा बजारमा अधिक तरलता र ऋणको किस्ता उठ्न नसक्नुलाई मुख्य कारणको रूपमा देखिएको छ । यो अवधिमा २० वाणिज्य बैंकमध्ये १५ वटा बैंकको नाफा घटेको छ ।

    कुन बैंकको नाफा कति? 
    यो अवधिमा ग्लोबल आईएमई बैंकको नाफा सबैभन्दा धेरै रहेको छ । उक्त बैंकले पहिलो त्रैमासमा १ अर्ब ८५ करोड रुपैयाँ नाफा कमाउन सफल भएको हो ।

    Capture

    बैंकहरूको नाफासम्बन्धी हाइलाइट

    – सबैभन्दा धेरै नाफा कमाउने : ग्लोबल आईएमई बैंक

    – एक अर्बभन्दा धेरै नाफा कमाउने बैंक : ५ वटा (ग्लोबल आईएमई, नबिल, प्राइम, एभरेष्ट र कुमारी)

    – नाफा वृद्धि गर्ने बैंक : ५ वटा (राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, सानिमा, एनआईशी एशिया र एभरेष्ट बैंक)

    –धेरै नाफा घट्ने बैंक : कृषि विकास बैंक (९६।९९ प्रतिशत), नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (९६।९२ प्रतिशत)

    – नोक्सानमा गएको बैंक : एउटा (सिटिजन्स बैंक)

    शुक्रवार, कार्तिक २२ २०८२०१:३९:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार