बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेप्से परिसूचक बढ्याे, कारोबार रकम घट्यो

नेप्से परिसूचक बढ्याे, कारोबार रकम घट्यो

मेगा खबर संवाददाता

२०, कार्तिक २०८२
  • 616
    SHARES

  • नेप्से परिसूचक बढ्याे, कारोबार रकम घट्यो

    काठमाडौँ, दुई दिन निरन्तर ओरालो लागेको सेयर बजार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ ।

    अघिल्ला दुई कारोबारमा निरन्तर घटेको नेप्से परिसूचक बुधबार १२.१७ अङ्क बढेर २६०७.४२ विन्दुमा पुगेको छ । नेप्सेको सेन्सेटिभ इण्डेक्स १.१४ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ०.९० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४५ अङ्कले बढेको छ । आज कारोबारमा आएका ३१२ कम्पनीको ९२ लाख १८ हजार कित्ता सेयर ४ अर्ब ६८ करोड १९ लाख २२ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ । तर मङ्गलबारको तुलनामा बुधवार कारोबार रकम भने घटेको छ । मङ्गलबार ५ अर्ब १५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको थियो ।

    नेप्सेका १३ उपसमूहमध्ये बुधवार ११ उपसमूहको परिसूचक बढेको छ । तर २ उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक ३.४१ प्रतिशत बढेको छ । होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको छ ।आज कारोबारमा आएको माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

     

    बुधवार, कार्तिक २० २०८२०३:४५:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार