काठमाडौँ, राष्ट्र बैंकले एकैसाथ ११ जना कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेको छ ।
गभर्नर डा.विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारी रामु पौडेललाई दिएका छन् । यो विभागलाई राष्ट्र बैंकको शक्तिशाली विभाग मानिन्छ । विदेशी विनिमय व्यवस्थापन विभागको जिम्मेवारी किरण पण्डितलाई दिइएको छ । पण्डित यसअघि भुक्तानी प्रणाली विभागमा थिए । नियमन विभागको नेतृत्व सम्हालेका गुरुप्रसाद पौडेललाई भने मानव संशाधन व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।
विदेशी विनिमय व्यवस्थापन विभागबाट रेवतीप्रसाद नेपाललाई हटाएर सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा पठाइएको छ । वित्तीय संस्था सुपरिवेक्षण विभागमा रहेका सत्येन्द्र तिमल्सिनाको सरुवा भएको छ । मानव संसाधन व्यवस्थापन विभागमा रहेका विश्रुत थापालाई वित्तीय संस्था सुपरिवेक्षण विभागको जिम्मेवारी दिइएको छ । मौद्रिक व्यवस्थापन विभागमा रहेका दयाराम शर्मालाई गभर्नर कार्यालयमा सारिएको छ ।
सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा कार्यरत रोशनकुमार सिग्देललाई बैंकिङ विभागमा र बैंकिङ विभागमा रहेका डा. डिल्लीराम पोखरेललाई मौद्रिक व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।