काठमाडौँ, सेयर बजार मापक नेप्से परिसूचक मङ्गलबार पनि घटेको छ । सोमबार ८.२४ अङ्कले घटेको नेप्से परिसूचक मङ्गलबार पनि निरन्तरता पाएको हो ।
आज नेप्से परिसूचक २७.६४ अङ्क घटेर २५९५.२४ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स ३.९३ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स १.९१ अङ्क र सन्सेटिभ फ्लोट इण्डेक्स १.३० अङ्कले घटेको छ । आज कारोबारमा आएका ३२२ कम्पनीको १ करोड ३ लाख ४३ हजार कित्ता शेयर ५ अर्ब १५ करोड ७ लाख ६८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमबार ६ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।
नेप्सेका १३ उपसमूहमा १३ वटै उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक २.२१ प्रतिशत,जलविद्युत,जीवन बीमा,निर्जीवन बीमा र अन्य र विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको नेप्सेले जनाएको छ ।
आज कारोबारमा आएको माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।