बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सेयर बजारमा सामान्य गिरावट,नेप्से र कारोबार दुवै घट्यो

सेयर बजारमा सामान्य गिरावट,नेप्से र कारोबार दुवै घट्यो

मेगा खबर संवाददाता

१८, कार्तिक २०८२
  • 1.1K
    SHARES

  • सेयर बजारमा सामान्य गिरावट,नेप्से र कारोबार दुवै घट्यो

    काठमाडौं, सेयर बजार परिसूचक नेप्से आज सामान्य घटेको छ । साताको दोस्रो दिन परिसूचक ८.२४ अंक घटेर २६२२.८९ विन्दुमा झरेको हो ।

    आज बजारमा ६ अर्ब ५ करोड २२ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन कारोबार रकम ९ अर्ब माथि थियो । बजारमा आज ७२ कम्पनीको मूल्य बढेको छ । १७२ कम्पनीको मूल्य घट्दा ५ कम्पनीको मूल्य स्थिर छ । आज दुई स्क्रिपमा सकारात्मक सर्किट लागेको छ ।

    मुक्तिनाथ कृषि कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको सेयर सो लेभलमा बढेको हो । १३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ समूहको सूचक घटेको छ । हाइड्रो र जीवन बीमा समूहको सेयर १ प्रतिशत भन्दा धेरैले घटेको छ । अन्य सूचकको घटढ १ प्रतिशत भन्दा कम रह्यो । 

     

    सोमवार, कार्तिक १८ २०८२०३:४८:०५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार