काठमाडौं, साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ ।
नेप्से परिसूचक ३०.७५ अंकले बढेर २६३१.१४ विन्दुमा अडिएक छ । सेन्सेटिभ इण्डेक्स ४.४१ प्रतिशतले बढेर ४५७.२२ विन्दुमा पुगेको छ । ३१९ स्क्रिप्सको २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता सेयर ९ अर्ब २० करोड ३१ लाख ४६ हजार ४२९ रुपैयाँमा खरिदबिक्री भए । नेप्से परिसूचक दोहोरो अंकले बढ्दा पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।सामुदायिक लघुवित्त वित्तीय संस्था,गोरखाज फाइनान्स,पञ्चकन्या माइ हाइड्रोपावर,पिपुल्स पावर र थेह्रथुम पावरको सेयर १० प्रतिशतले बढेको हो ।
कारोबारमा आएकामध्ये २०५ स्टक्सको मूल्य बढ्दा ४२ वटाको घट्यो । ३ स्टक्सको मूल्य भने स्थिर रह्यो । कारोबार रकमका आधारमा हिमालयन बैंक प्रमोटर शीर्षस्थानमा रह्यो। सो बैंकको १ अर्ब ६६ करोड ५९० लाख ५९ हजार ७६ रुपैयाँको सेयर कारोबार भयो । युनियन हाइड्रोपावरले ३४ करोडको सेयर कारोबार गर्दा बुटवल पावरले २५ करोड,राधी विद्युतले २४ करोड र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले २० करोड मूल्य बराबरको सेयर कारोबार गरे ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।